पाल्पामा कुशे औंशीकै दिन बुवाको हत्या
पाल्पा | भदौ १२, २०७९
पाल्पा: पाल्पाको माथागढी गाउँपालिका ४ का १४ बर्षिय किशोरले कुशे औंशी (बुवाको मुख हेर्ने) कै दिन आफ्नै बुवाको हत्या गरेका छन् ।
पाल्पा प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुुँदा किशोरले आफ्नै बुवा ४५ वर्षिय तिलबहादुर डिसालाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।
चिर्पट प्रहारबाट डिसाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाल्पा प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिइएको बताउदै घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

